वैदिकको ७औं अघिवेशन सम्पन्न

भैरहवा श्रावण २४ । वैदिक सनातनधर्म सेवा समिति सिद्धार्थनगर, भैरहवाको १७ औं साधारण सभा तथा ७ औं अघिवेशन सम्पन्न भएको छ । सिदार्थनगर नगरपालीका वार्ड १३ का वार्ड अध्यक्ष सतिस र्मसानीको प्रखुम अतिथ्यता तथा समितीका अध्यक्ष सिता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव अनिता उपाध्यायले गर्नु भएको थियो । उक्त सभामा वैदिकका सल्लाहकार तथा निर्वाचन आयोक्त ओमकार गौचन, निर्वाचन अधिकृत खगेन्द्र शर्मा, नारायण स्थानमन्दिरका अध्यक्ष भविलाल पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा अघिवेशनबाट नवनिर्वाचीत पदाधिकारीहरुलार्इ निर्वाचनआयोक्त ओमकार गौचन र पूर्व अध्यक्ष लिलागौचन, सरस्वतीद्वाले टिका, खादा र प्रमाण पत्रवितरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका आजिवन सदस्य, पूर्व अध्यक्ष मिनाश्रेष्ठ, निर्वतमान अध्यक्ष जानुका भट्टराई लगायत धार्मिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक गंगा श्रेष्ठले गर्नु भएको थियो ।
अबिधेशनले बिनिता श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । जस्मा निवर्तमान अध्यक्ष सिता पौडेल, प्रथम उपाध्यक्ष गंगा श्रेष्ठ, द्दितिय उपाध्यक्ष लक्ष्मी रिजाल, तृतिय उपाध्यक्ष साबित्री श्रेष्ठ, सचिव अनीता उपाध्याय, कोषाध्यक्ष रुपमा हिराचन, सह सचिव दुर्गा आचार्य ,सह कोषाध्यक्ष कृष्णा थैव चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा चम्पा बाटाजु,देवकला आचार्य,सबिता चौधरी,ज्ञानीश्वरी श्रेष्ठ,लता शर्मा, र वेगम प्रधान, चयन हुनु भएको छ ।