सिद्धार्थनगरमा सामुदायीक स्तरमा कोरोना संक्रमण फैलिएको आशंका

भैरहवा, साउन ३० । प्रदेशिक जनस्वास्थ प्रयोगशाला भैरहवाका प्रमुख राजेन्द्र गिरीले दिएको जानकारी अनुसार पछिल्लो तथ्याङ अनुसार सिद्धार्थनगर नगरपालिकामा ६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । नेशनल प्याथ ल्याव बुटवलमा गरिएको परिक्षणमा उक्त संक्रमण पुष्टी भएको हो ।

ल्यावमा निजी स्तर बाट परिक्षण हुने हुनाले समुदायमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ । यस्तै वुटवलमा पनि ५ जनालाई संक्रमण भएको पुष्टी भएको छ ।

शुक्रबार दिउसो २ बजे सम्मको तथ्याङ अनुसार रुपन्देहीमा थप ११ जना कोभिड–१९ को संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाका ४१, २५, २७, २६ र ३९ वर्षिय पुरुषमा र सिद्धार्थनगरका ३७, ४२, ४९, ३५, २३ र २८ पुरुषमा संक्रमण पुष्टि भएको छ।

सिद्धार्थनगर वडा नं. ४ का ४ जना, देवकोटा चोकका २ जना, बुटवल देवीनगरका ४ जनामा र बुटवल १६ का एक जनामा कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट पोजिटिभ आएको भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। थपिएका कोरोना संक्रमित सँगै रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या ४ सय १७ पुगेको छ। उनीहरु सबै आफ्नै इच्छाले बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गराउन गएका व्यक्ति हुन्।