रुपन्देहीमा आइतवार २६ जना कोरोना संक्रमित थप

भैरहवा, साउन ३२ । रुपन्देहीमा आइतवार २६ जना कोरोना संक्रमित थप भएका छन् । जनस्वास्थ कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार रुपन्देहीमा आइतवार ४ बजे सम्म २६ जना कोरोना संक्रमित थप भएका हुन् ।

संक्रमण पुष्टि भएका ४ जना बुटवल उपमहानगरपालिका, ८ जना सिद्धार्थनगर नगरपालिका, ७ जना तिलोत्तमा नगरपालिका, ३ जना सियारी गाउपालिका, ३ जना मायादेवी गाउपालिका र १ जना ओमसतिया गाउपालिकाका रहेका छन् ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि थप कडाई गर्ने योजनाका साथ जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सिसिएमसीको बैठक आइतवार बस्दै छ ।