नेपाल युवा किसान पार्टीका अध्यक्षको मृत्यु पछि कोरोना पुष्टी

भैरहवा, भदौ ७ । शनिबार उपचार गर्न लैजाने क्रममा भारतको नौतनवामा मृत्यु भएका नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष संजय कुमार मिश्रको मुत्युपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देहीको रोहिणी गाउपालिका–३, धकधईका ५३ वर्षीय मिश्रको शनिबार दिउसो शब नेपाल ल्याएर निजी क्लिनिकमा स्वाब परिक्षण गर्न दिदा आईतबार कोरोना संक्रमण पुष्टी भएको रोहीणी गांउपालीकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । सुगर र प्रेसरका विरामी रहेका मिश्रलाई थप उपचारका लागि भन्दै शनिबार भारत लगिएको थियो । भारततर्फ लैजानु अघि गरिएको आरडीटी टेष्ट नेगेटिभ आएका अध्यक्ष यादवले जानकारी दिए । मृत्यु पछि शब नेपाल ल्याएर पिसिआर परिक्षणका लागी स्वाब संकलन गर्यौ रिर्पोट पोज्टिभ आयो उनले भने । आईतबार रोहीणी नदीमा दाहसंस्कारका लागी चितामा आगो लगाईसकेपछि रिर्पोट पोजेटिभ भन्ने आएको छ अध्यक्ष यादवले भने । हामी सोमबार घर परिवारको स्वाब परिक्षण गर्ने छौ त्यसपछि नजीकका नातेदारहरुलाई पनि सर्तक रहने भनेका छौ उनले भने । मलामीहरुको संख्या चार सयको हाराहारीमा रहेको अध्यक्ष यादवले भने ।