रुपन्देहीमा भदौ १४ गतेसम्म ‘लकडाउन’

भैरहवा, भदौ ७ । जिल्ला प्रशासन कार्यालय रुपन्देहिले जिल्लाभर लकडाउनको समयाबधी थप गरेको छ । समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण बढेपछि रुपन्देहीमा थप एक हप्ताको लागि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।
यस अघि भदौ ७ गते सम्मका लागि आब्हान गरिएको लकडाउन अब भदौ १४ गते राति १२ बजे सम्मका लागि गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।

जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणको लागि भदौं १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको प्रजिअ पन्थले जानकारी दिए ।
लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनलाई प्रतिबन्ध लगाईएको छ ।