भिम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

प्रतिक पौडेल

भैरहवा, भदौ ९ । भैरहवा भिम अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देही गैडहवा गाउपालिकाको वडा नं ३ निवासी ५० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका कोभिड १९ फोकल पर्शन डा. सुमित प्रजापतीले जानकारी दिए ।

उनलाई यही भदौ आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उपचारकै क्रममा उनको ज्यान गएको अस्पतालको दावी छ । डा. प्रजापतीका अनुसार भवन निर्माणको क्रममा लडेर घाइते भएका उनको टाउकोमा गम्भिर चोट लागेको थियो । भैरहवा मेडिकल कलेजमा उपचारत यि ब्यक्तीमा भदौ ५ गते कोरोना संक्रमण देखिएपछि सोमवार कोभिड बिशेष अस्पतालको रुपमा रहेको भिममा रिफर गरिएको थियो ।  

भिम अस्पतालमा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका यी पुरुष पहिलो व्यक्ति हुन् ।