छोटु साहानीको उपचारका लागि भैरहवाका बिभिन्न संघ सस्थाहरुको सहयोग

भैरहवा, भदौ ११ । तीन महिनादेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार गराइरहेका नवलपरासी रामग्राम नगरपालिका १७, देवगाउ, फूलभरियाका १६ वर्षीय छोटु साहानीको उपचारका लागि भैरहवाका बिभिन्न संघ सस्थाहरुले सहयोग गरेका छन् ।
जेठ १२ गते आापको रुखबाट लडेका उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको उपचारमा आर्थिक अभाव भएको थाहा भएपछि भैरहवाका बिभिन्न संघ सस्थाहरुले बिहिबार अस्पतालमा पुगेर २ लाख ३० हजार ६ सय ६६ रुपैयाा सहयोग गरेको अभियानका सदस्य अजय कुमार गुप्ताले बताए ।
सहयोग स्वरुप लायन्स क्लव अफ सिद्धार्थनगर प्रोफेशनलले २३ हजार ३ सय ३३, इनरह्विल क्लव अफ लुम्विनीले २५ हजार, लायन्स क्लव अफ सिद्धार्थनगर गौतमबुद्धले १ लाख १ हजार १ सय ११, लायन्स क्लव अफ भैरहवा युथले ३१ हजार १ सय ११, लियो क्लव अफ सिद्धार्थनगर युथ १० हजार १ सय ११, मायादेवी च्यारिटेवल फाउन्डेशन २५ हजार र भैरहवा मर्निङवाक ग्रुपले १५ हजार रकम हस्तान्तरण गरेका अभियानकर्ता रबिकान्त उपाध्यायले बताए ।
छोटुको उपचारमा अहिलेसम्म ९ लाख रुपैयाा खर्च भइसकेको छ। अझै एक महिनासम्म अस्पतालमै राखेर उपचार गर्नु पर्ने भएकाले आर्थिक अभावका कारण परिवार चिन्तित बनेको छ।
संघ सस्थाहरुले छोटुकी आमा रमावतीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी लायन्स डिस्ष्टि्र्कका नवराज न्यौपानेले सहयोग रकम बिरामीका आमालाई हस्ततान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा अरुण मिश्र, बिवेक जयसवाल ,बिष्णु गौतम, रवि कुमार रौनियार, ओमकार गौचन, बिनोद खरेल , मेडिकल कलेजका जनसंम्र्पक अधिकृत सुशिल गुरुड. , गौतम गुप्ता , बिभिन्न लायन्स क्लबका पदाधिकारीहरुको लगायतको उपस्थिती रहेको थियो ।