निषेधआज्ञाको स्वरुप परिवर्तन गर्न सिदार्थनगर उधोग बाणिज्य संघको माग

भैरहवा, भदौ १४ । रुपन्देहीमा निषेधआज्ञाको स्वरुप परिवर्तन गरी उद्योग व्यवसाय संचालन गर्न सिदार्थनगर उधोग बाणिज्य संघले माग गरेको छ ।
आईतबार संघले बिज्ञप्ती जारी गर्दै दैनिक ज्याला मजदुरी गरिखाने वर्गको विचल्ली भएको र उद्योग, ब्यवसाय क्षेत्र लामो बन्दको कारण आर्थिक गतिविधि ठप्प हुन जाँदा विद्युत, घरभाडा, बैंक ब्याज, कर्मचारीको तलब इत्यादि भुक्तानी गर्न नसक्ने अवस्था हुन पुगेको र यसबाट बेरोजगारी र उद्योगी ÷व्यवसायी पलायन हुने अवस्था देखिएकोले निषेधआज्ञाको स्वरुप प्रयोग गर्न माग गरेको छ ।
जिल्ला प्रसाशन कार्यालय रुपन्देहीलाई संम्बोधन गरिएको ज्ञापनपत्रमा बेलहिया नाका लगायत सबै सिमा क्षेत्रहरुमा कडा निगरानी राखी आवत जावत व्यवस्थित बनाउन माग गरिएको छ । कोरोना भाइरस र बच्ने तरिका बारेमा व्यापक रुपमा जनचेतना कार्य गर्नुपर्ने , मास्क नलगाई हिडडुल गर्नेलाई जरिवाना गरिनु पर्ने , अस्पतालको राम्रो प्रवन्ध गरिनु पर्ने , व्यवस्थित क्वारेन्टीन र आइसोलेसन कक्षहरुको निर्माण गरिनुपर्ने ,र संक्रमीतहरु भएको स्थान वरपर पिसिआर परिक्षण प्रत्येक वडामा गर्न स्थानिय सरकार संग संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले माग गरेका छन् ।
अव पनि फेरी निषेधआज्ञाको समय थप गर्दै जादा लगातारको बन्दले उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा पर्ने तथा बंैक तथा वित्तिय संस्थाहरुमा नगद कारोवार समेत बन्द हुँदा श्रमिकहरुको ज्याला भुक्तानीमा समस्यादेखीएको र डब्लु एच ओ का अनुसार पनि करिव अझै दुई बर्ष सम्म कोरोनाको असर रहने हुँदा लकडाउन वा निषेध आज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प हुन नसक्ने संघको ठहर छ बिज्ञप्तीमा भनिएको छ ।
अन्य राष्ट्रहरुमा समेत सुरक्षित रहदै आर्थिक गतिविधि बढाईरहेको अवस्थालाई मध्येनजर गरी अव हामी सबैले लकडाउन वा निषेध आज्ञाको विकल्प खोजी कोरोना संक्रमणबाट बच्ने र बचाउने सुरक्षाका उपाय एवं सामाजिक दुरी कडाइका साथ कायम राख्ने गरी ब्यापार ब्यवसाय संचालनको वातावरण मिलाउन माग गरेको छ ।