रुपन्देहीमा लकडाउन ६ दिन थप गर्न सिफारिश

भैरहवा, भदौ १४ । रुपन्देहीमा लकडाउन ६ दिन थप गर्न सिफारिश भएको छ । आइतवार जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले जिल्ला प्रशासन कार्यालयलाई ६ दिन लकडाउन थप गर्न सिफारिश गरेको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिश गर्ने निर्णय गरेको हो। सिफारिश अनुसार प्रशासनले आदेश जारी गर्नेछ। 

यसअघि बसेको बैठकले भदौ १४ गते राति १२ बजे सम्म निधेषाज्ञा जारी राख्ने निर्णय गरेको थियो।