रुपन्देहीमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

भैरहवा, भदौ १६ । मंगलवार रुपन्देहीमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा रुपन्देहीका ६ पालिकाका ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
कार्यालयले दिएको साझँ ४-३० सम्मको तथ्याङ अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ३१ जना रहेका छन्। यस्तै सिद्धार्थनगरमा ५ जना, तिलोत्तमामा २० जना, सियारीमा १ जना, रोहिणीमा १५ जना र देवदहमा थप १ जनामा संक्रमण पुष्टि भएको छ।
थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ७४ पुगेको छ भने मृतकको संख्या १० पुगेको छ। जिल्लामा ४३५ जना निको भएर फर्किसकेका छन, ६ सय २९ जना सक्रिय संक्रमित उपचाररत छन्।