रोट्र्याक्ट क्लव अफ भैरहवा द्वारा घुम्ति रक्तदान कार्यक्रम सम्पन्न

भैरहवा- रोट्र्याक्ट क्लव अफ भैरहवाले घुम्ति रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगर उप शाखाको प्राविधिक सहयोग र क्लवको आयोजनामा भएको घुम्ति रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको क्लवका अध्यक्ष सरिता रानाले जानकारी दिए ।

क्लवले सिद्धार्थनगर नगरपालिकाको बिभिन्न स्थानमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको थियो । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड –१९) को महामारीका बीचमा पनि मानवीय सेवा पु¥याउने र रगतको अभावलाई केहि मात्रामा भएपनि न्यूनिकरण गर्न सहयोग पु¥याउने उद्देश्यले घुम्ती रक्तदान आयोजना गरिएको अध्यक्ष रानाले बताउनुभयो ।

विशेष परिस्थितिमा पनि स्वयंसेवी रक्तदान गर्ने रक्तदातालाई धन्यवाद दिँदै उनले ‘रक्तदान,जीवनदान ’ जस्तो महान कार्यमा सहभागि भएको भन्दै उनले प्रशंसा गर्नुभयो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगर उपशाखा सभापती संजिव शर्मा रेग्मी, रोटरी क्लव अफ भैरहवा दृतिय उपाध्यक्ष उमेश आचार्य, युथ सर्भिस चेयर श्याम क्षेत्री, नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगर उपशाखा कोषाध्यक्ष रामप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।