भिम अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु ।


भैरहवा भदौ १७,
भिम अस्पतालमा नवलपरासीको संक्रमित महिलाको मृत्यु भएको छ ।
नवलपरासी रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिए ।
कोरोना संक्रमित महिला भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिईन । उनको मंगलबार राति ९:४५ बजे उपचारकै क्रममा मृत्यु भएको हो । सुगर प्रेसर संगै श्वासप्रश्वासमा समस्या भएकाले उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।
भीम अस्पतालमा यसअघि गैडहवा गाउपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । भने तिलोतमा नगरपालीकामा होम आईसोलेसनमा बसेका संक्रमितलाई उपचारका लागी भिम अस्पतालमा ल्याउदै गर्दा बाटामै मृत्यु भएको थियो । भिम अस्पतालमा ४ आईसियु र अन्य बांकी गरी २१ जना संक्रमित बिरामी उपचारार्थ रहेका छन् ।