भिम अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु ।


भैरहवा भदौ १७,
भिम अस्पताल भैरहवामा उपचारार्थ बुटवल उपमहानगरपालीका वडानं ६ का संक्रमित ५७ बर्षका पुरुषको मृत्यु भएको छ ।
भदौ १५ गते बुटवल बाट भैरहवा आएका संक्रमितको बुधवार दिउसो हटअट्याक्ट का कारणले मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिए ।
पहिले देखी मुटुको बिरामी हुनुहुन्थ्यौ बुधवार दिउसो तिन बजे तिर अचानक हटअट्याक भएर निधन भो डा, अधिकारीले भने । यस अगाडी नवलपरासी रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको थियो ।
बुधवार नै बुटवल कोरोना अस्पतालमा अस्पतालका कपिलवस्तुकी ६० वर्षिया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो ।
भिम अस्पतालमा ३ जना बिरामी आईसियु र अन्य बांकी गरी २१ जना संक्रमित बिरामी उपचारार्थ छन् ।