डिसेम्बर सम्ममा बिमानस्थल निर्माणका सबै काम सकिन्छ मन्त्री भट्रराई ।


भैरहवा भदौ २६,
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्र्राईले सुक्रबार निमार्णधिन गौतमबुद्ध अन्तराष्ट्रि्य बिमानस्थलको निरिक्षण गरेका छन् ।
विमानस्थलको स्थलगत निरिक्षणमा आएका मन्त्री भट्रराईले अहिलेको बिषम परिस्थितीमा पनि काम जारी रहनु महत्वपुर्ण उपलब्धी रहेको बताए ।
पर्याप्त दक्ष जनशक्ति नेपाल आउन नसक्दा अहिले समस्या भएको उनले बताए । समयमै दक्ष जनशक्ती आउन सकेका छैन्न् लक डाउनको अवस्थामा पनि काम जारी छ यो नै महत्वपुण उपलब्धी हो उनले भने । अहिलेको बिषम परिस्थितीमा बिमामनस्थल निमार्ण सम्पन्नमा केही ढिलाई हुने उनले संकेत गरे ।
अहिले चिनबाट आउने ३५ जना जनशक्तिका लागि परराष्ट्र मन्त्रालयमा पक्रिया अघि बढाएर चिनसंग समन्वय भइरहेको मन्त्री भट्र्राईले बताए । अमेरिका अष्ट्रीया, थाइलेण्डबाट दक्ष जनशक्ति आउनु पर्ने पनि छन, जसको लागि पत्राचार भइसकेको छ, प्राधिकरणबाट पनि दैनिक समन्वय र सम्पर्क भइरहेको छ ।
मन्त्री भट्टराईले डिसेम्बर सम्म निर्माणका सबै काम सकिने दाबी गरे । निरिक्षणका क्रममा उनले एयरर्पोटको उडान रुटका बिषयमा कुनै समस्या नरहेको बताए । भैरहवामा ल्याण्ड गर्नलाई भैरहवा रुटबाट नै आउनु पर्छ भन्ने छैन । हामीले अहिले उडान गर्ने कार्यविधी जुन रुपमा भइरहेको थियो त्यहीबाट रुटबाट हुन्छ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने ।
निरिक्षणमा मन्त्री सहित प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिलागिरी प्राधिकरणका महानिर्देशक,निर्देशक प्रदिप अधिकारी, प्रमुख जिल्ला अधिकारी, रुपन्देहीका सुरक्षा प्रमुखहरु सहभागी थिए । विमानस्थलको प्रगतिबारे आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराएका थिए ।
विफ्रिङमा आयोजना प्रमुख अधिकारीले भौतिक प्रगति करिब ९३ प्रतिशत भएको बताए । अहिले उपकरणहरु अधिकांस फिल्डमा आइसकेको छ, लासामा रोकिएको उपकरण समन्वय गरेर आयोजनाको सिफरिसमा आउने प्रक्रियामा उरहेको अधिकारीले बताए ।
अहिलेको मुख्य चुनौती दक्ष प्रविधिक ल्याउनु नै हो मन्त्रालयबाट पनि समन्वय भइरहेको छ, जति सक्दो छिटो ल्याउन प्रयासरत छौ उनले भने ।