नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक

भैरहवा, भदौ २६ । नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लीले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । उक्त नयाँ मोडलको गाडी भैरहवा क्षेत्रका ग्राहकहरुले हुण्डाई गाडीको भैरहवाको लागी आधिकारीक बिक्रेता जगत मोटर्स प्रा ली बाट समेत उपल्बध हुने प्रा लीका प्रबन्ध निर्देशक रिचल थापा मगर जानकारी दिनुभयो । जगत मोटर्सले भैरहवा स्थित देवकोटा चोकमा रहेको कार्यालय बाट गाडी बिक्री गर्नुका साथै अन्य सेवा सुविधा दिदै आएको थापाले बताए ।  

यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुबिधायुक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीको दावी छ । 

नयाँहुण्डाई औरा को अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिमिटेडका जीएम रूपेश शर्मा भट्टले भने, “सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र येहि समयमा बजार लाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदानगर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नया तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न को लागी सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औराले पनि यस लेगसी लाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदानगर्नेछ ।”

नेपाली ग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको कम्पनीको दावी छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको कम्पनीले बताएको छ ।