लुम्विनीमा १५ महिना पछि आकर्षक फलफुल बगैचा तयार हुने

भैरहवा, भदौ २७ । लुम्विनीमा फलफुल वाटिका निर्माणको काम शुरु भएको छ । लुम्विनी परिसरमा फलफुलको वगैचा निर्माण गर्ने उद्देश्यका साथ फलफुल वाटिका निर्माणको काम शुरु भएको हो ।
बि सं २०७७ साउन २९ गते लुम्विनी बिकास कोषले फलफुल वाटिका निर्माणको लागी सम्झौता गरेको जानकारी कोषका योजना योजना प्रमुख सरोज भट्टराईले दिनुभयो ।
वाटिका सम्झौता भएको मिती देखि १५ महिना भित्र निर्माण हुनेछ । वाटिकामा बिभिन्न प्रजातिका फलफुलका बिरुवा रोपिने जानकारी कोषले दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्विनी क्षेत्रलाई फलफुलको वगैचाको रुपमा पनि विकास गर्नुपर्ने भनेपछि लुम्विनीमा फलफुल वाटिका निर्माणको योजना अघि बढेको हो ।
शनिवार लुम्विनीमा आवलोकन तथा निरिक्षण गर्न आउनुभएका कोषका अध्यक्ष तथा सस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले वाटिका निर्माण क्षेत्रको निरिक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले निर्माणको जिम्मा लिएको लुम्विनी अर्घाखाची वावुल जेभीका योजना प्रमुखलाई वाटिका उत्कृष्ट बनाउन समेत निर्देशन दिनुभएको छ ।
लुम्विनी अर्घाखाची वावुल जेभीले लुम्विनीमा फलफुल वाटिका निर्माणको लागी कर वाहेक ३ करोड ७८ लाख २८ हजार ९ सय १९ रुपैयामा ठेक्का लिएको छ ।