प्रतिभा भण्डारीलाई उत्कृष्ट निवन्ध लेखन पुरस्कार

भैरहवा, कात्तिक २९ । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित रुपन्देही जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगितामा कालिका मानवज्ञान मा वि बुटवलका छात्रा प्रतिभा भण्डारी प्रथम भएकी छन् ।


राष्ट्रिय बालदिवस २०७७ को अवसरमा “ विपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता” भन्ने शीर्षकमा माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्यारामाउन्ट ईङ्गिस बोर्डिङ स्कूल शंकरनगरका छात्रा दिपिका पाण्डेय द्धीतिय , बुद्ध आदर्श मा वि खुनगाईका छात्र मनिष वनिया तृतीय भएका छन् ।

विद्यार्थीभित्र निहित प्रतिभालाई उजागर गरी उनीहरुको शिक्षण सिकाईमा उपयोगी बनाउने उद्देश्यले प्रदेश नं ५ सामाजिक बिकास मन्त्रालय शिक्षा तथा सामाजिक बिकास निर्देशनालय, समाजिक बिकास डिभिजन कार्यालयको आयोजनामा भएको प्रतियोगितामा संस्कार इइङ्गिस बोर्डिङ स्कुल सियारीका छात्रा श्रृया भण्डारी र शान्ति नमुना मा वि मणिग्रामका छात्र कल्याण गौतमले प्रोत्साहन पुरसकार प्राप्त गरेको सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका अधिकृत श्याम न्यौपानेले जानकारी दिनुभयो ।


विजयी विद्यार्थीलाई सोमबार कार्यालयमा एक कार्यक्रमका बीच प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एवम् जिल्ला बाल कल्याण समितिका संयोजक एकराज विश्वकर्माले नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभयो ।

निवन्ध लेखन प्रतियोगितामा प्रथम,द्धीतीय,तृतीय तथा प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल विद्यार्थीलाई यस्तो कोरोनाका कहरको बीचमा प्रविधिको प्रयोग गरी आफ्नो क्षमता प्रर्दशन गर्न अग्रसर भएको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगिामा प्रथम हुनेलाई नगद रु ५ हजार तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै द्धितीयलाई ३ हजार र प्रमाण पत्र, तृतीय हुनेलाई नगद रु २ हजार र प्रमाण पत्र तथा प्रोत्साहन स्वरुप दुई जनालाई जनही रु १ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

सोही अवसरमा डिभिजन कार्यालय प्रमुख दिवाकर भण्डारीले कार्यालयले कार्यालयले अहिलेको जटिल अवस्थामा सबै विद्यार्थीहरुलाई एकै ठाउंमा भेला गराएर प्रतियोगिता संचालन गर्न नसकिए पनि अवस्थालाई मध्येनजर गरी ईमेल मार्फत र कार्यालयमा उपस्थित भएर पनि आफ्नो लेख बुझाउन सकिने व्यवसथा मिलाएको जानकारी दिनुभयो । विद्यार्थीको उत्साह पुर्ण उपस्थितिलाई धन्यावाद दिदै पुरस्कृत विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभयो ।


प्रतियोगिता मुल्याङन समितिका संयोजक डिल्लीराज भट्टराई, शिक्षा तालिम केन्द्रका तालिम प्रमुख हेम बहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा जिल्लाभरका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई इमेल मार्फत निबन्ध लेखेर पठाउन भनिएको थियो ।