यामाहाको स्कुटी रे जेडआर १२५ एफआई भैरहवामा शुभारम्भ

भैरहवा, असोज ८ । यामाहा कम्पनीको नयां मोडल स्कुटी रे जेडआर १२५ एफआईको विक्रीवितरण भैरहवामा शुभारम्भ गरिएको छ ।
यस क्षेत्रको लागि यामाहा दुई पांग्रेको आधिकारि विक्रेता किस्मत अटो मोवाईल्स् कम्पनीले भैरहवामा एक कार्यक्रमको आयोजना गरि जेडआर १२५ एफआईको विक्रिी सुरु गरिएको जानकारी गराएको हो । उक्त स्कुटीको लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले विहीवार सार्वजनिकीकरण गर्नुभयो । यो स्कुटरमा १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन रहेको छ। यसले ६ हजार ५ सय आरपिएममा अधिकतम ८ बिएचपी पावर र ५ हजार आरपिएममा ९.७ एनएम टर्क उत्पन्न गर्छ। ५.२ लिटर फ्युल ट्यांक क्यापासिटी रहेको जेडआर १२५ को माइलेज ६६ किलोमिटर प्रति लिटर हुने किस्मत अटो मोवाईल्स् कम्पनीका प्रबन्ध निर्देशक कल्याण श्रेष्ठको दाबी छ।
त्यस्तै यसमा युनिफाइड ब्रेकिंग सिस्टम (युएसबी) छ, जसले स्कुटरको ब्रेकिंग सिस्टमलाई अब्बल बनाउने कम्पनीको दावी छ।
यसमा जडित डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटरले राइडरलाई मोटरसाइकलको स्थिती थाहा पाउन सगाउँछ।
रे जेडआर १२५मा १२ इन्चको एलोइ ह्विल, मल्टी फक्सन की, फोल्डेबल हुक, युएसबी चार्ज, साइड कटअफ स्विच जस्ता फिचर रहेका छन्। कम्पनीले यसको मूल्य २ लाख ५४ हजार ९ सय निर्धारण गरेको छ। यस्तै सार्वजनिकिकरण कार्यक्रममा स्कुटी रे जेडआर १२५ एफआईको पहिलो ग्राहक शिव गुरुङले स्कुटी धेरैनै गुणस्तरिय रहेको जानकारी दिए । गुरुङका अनुसार अन्य स्कुटीको तुलनामा जेडआर १२५ एफआई पिकअप, माइलेज लगायत सुविधा धेरै राम्रो रहेको बताए ।