प्रलोभनका कारणनै ठगिने क्रम बढ्दो

भैरहवा, असोज १०। वैदेशिक रोजगारीमा आकर्षक तलवको प्रलोभन देखाइ ठगी गर्ने गिरोह नेपालमा सक्रिय रहेको भैरहवामा आयोजीत एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
गरिवी तथा बेरोजगार भन्दा अर्काको देखासिकी र दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको सङ्ख्या पनि बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नका लागी सबै क्षेत्रको समन्वय आबस्यक रहेको सहभागीहरुले बताए ।
शनिवार भैरहवामा एविसी नेपालले आयोजना गरेको संचारकर्मी संगको अन्तरक्रिया कार्यक्रममा उक्त कुराको चर्चा भएको थियो ।
शहरी क्षेत्रका भन्दा ग्रामिण क्षेत्रका जनता वैदेशिक रोजगारीमा जाने प्रलोभनमा फसेर ठगिदै आएको चर्चा कार्यक्रममा बोल्ने वक्ताहरुले गरेका हुन् । सरकारको स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत् भन्दा ब्यक्तिगत सम्वन्धका कारण अबैध बाटो प्रयोग गरी विदेश जान तछाडमछाड गर्दा ठगीको समस्या देखिएको भनाई एविसी नेपालको छ ।
कार्यक्रममा बोल्दै एविसी नेपालको क्षेत्रिय अध्यक्ष प्रतिभा देवकोटाले वैदेशिक रोजगारीमा ठगिने क्रम न्युनिकरण गर्न जनचेतना अभीवृद्धी गर्नुपर्ने बताउनुभयो । देवकोटाका अनुसार जनस्तरमा वैदेशिक रोजगारीका वारेमा नियम कानुन र प्रवधानहरुको बारेमा चेतना बढ्नेछ उतिनै ठगिने क्रम कम हुदै जानेछ । कार्यक्रममा बोल्दै सियारी गाउपालिका योजना प्रमुख रोमलाल पुरीले ग्रामिण भेगका जनतामा वैदेशिक रोजगारीका बारेमा जनचेनता कम भएका कारण ठगि गर्ने गिरोह ग्रामिण केन्द्रित भएको बताउनुभयो ।
कार्यक्रममा एविसी नेपालका क्षेत्रिय प्रवन्धक मनोज लामिछाने, लुम्विनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाई, गैरसरकारी महासंघ प्रदेश नं ५ अध्यक्ष गोबिन्द रेग्मी लगायतले आफ्ना भनाई राख्नुभयो ।