सिद्धार्थ सामुदायिक समाज भैरहवाको आयोजनामा र केयर नेपालको सहयोगमा अतिबिपन्न परिवारलाई राहत सामाग्री वितरण

भैरहवा, असोज २१ । सिद्धार्थ सामुदायिक समाज भैरहवाको आयोजनामा र केयर नेपालको सहयोगमा  एलडिएससी परियोजना मार्फत बुधवार अतिबिपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

सिद्धार्थनगर  नगरपालिकाको सबै वडाबाट जम्मा १ सय ११ जनालाई राहत सामाग्री वितरण  गरिनेछ भने ३,र ११ वडाका अतिविपन्न परिवारबाट  कार्यक्रम बुधवारबाट सुरु भएको छ ।

संस्थाका अध्यक्ष समिता मल्लको नेतृत्वमा भएको वितरण कार्यक्रममा चामल ८० किलो,दाल ८ किलो, नुन ६ किलो,तेल १० लि.,च्युरा ५ किलो, पिठो १५ किलो, आलु १८ किलो वितरण गरिएको छ ।

सो अवसरमा  सिद्धार्थनगर नगरपालिका वडा न ३ का वडा  अध्यक्ष थानेश्वार पौडेल, वडा न ११ का दिलिप यादव र अन्य वडा सदस्यहरु र परियोजना संयोजक फुलमाया पासवान लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।