भिम अस्पतालले सुटुक्क जनरल वाड क्याबीनमा कोरोना बिरामी राख्याे

भैरहवा असोज २७,

भैरहवा स्थित भिम अस्पतालले जनरल बार्डको क्याबिनमा सुटुक्क कोरोना संक्रमित बिरामीहरु राखेको छ ।

अस्पतालका सुचना अधिकृत नारायण पोख्रेलले अस्पतालको क्याबिनमा चार जना कोरोना संक्रमित बिरामीहरु राखेको बताए । अस्पतालकै कर्मचारीहरु भएकाले क्याबिनमा राखिएको उनले बताए । अस्पताल संञ्चालक समितीको निर्णयका आधारमा बिरामी राखेका हौ उनले भने ।

भिम अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रदेश सरकारले संञ्चालन गरे पनि अस्पतालमा कोरोनाका बिरामीहरुका लागी छुट्टै स्थान रहेको थियो । अहिले क्याबिन भएको स्थान अस्पतालको जनरल वाड संग संगै छ । अस्पतालमा कोरोना संक्रमित बिरामीहरु राख्नका लागी छुट्रै स्थानलाई छनौट गरिएको थियो । तर अहिले जनरल वाड संग संगै रहेका क्याबिनहरुमा बिरामीहरु राखिएका छन् । अस्पतालका संम्रक्षक तथा जिल्ला समन्वय समिती रुपन्देहीका अध्यक्ष एक राज बिश्वकर्माले त्यसरी एकै ठांउमा कोरोना संक्रमित बिरामी नराखीएको दाबी गरे । सिदार्थनगर नगरपालीकाका मेयर हरि प्रसाद अधिकारीले अस्पतालका धेरै कर्मचारीहरुलाई संक्रमण देखीएको बताउदै सुरक्षीत तरिकाले बसेको हुन सक्ने बताए ।