रुपन्देहीको शुद्धोधन गाउंपालिकाद्धारा नयां भवनबाट सेवा सुरु

प्रदेश सभा सदस्य चौधरीद्धारा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन ।

भैरहवा, कात्तिक १

रुपन्देहीको शुद्धोधन गाउंपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिवार उद्घाटन गरिएको छ ।

साढे तिन तल्ले सुविधा सम्पन्न भवनको लुम्बिनी प्रदेशका सभाषद तथा नेकपा रुपन्देहीका प्रभावशाली नेता तुलसी प्रसाद चौधरीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

रिवन काटेर र नेपालको राष्ट्रिय झण्डाको झण्डात्तोलनका साथ भवन उद्घाटन गर्दै प्रदेश सभा सदस्य चौधरीले सुविधा सम्पन्न भवनबाट कर्मचारीले नागरिकलाई सरल र सहज सेवा प्रवाह गर्नेमा आफु विस्वस्त रहेको बताउनु भयो । जनताका काम भोलि ,पर्सी भन्ने होईनकी समयमा ईमान्दारिताका साथ सम्पन्न गरे मात्र यस भवनको सार्थकता रहने छ उहांले भन्नु भयो ।

शुद्धोधन गाउंपालिकाले संविधानमा प्रदत्त अधिकारको भरपुर उपयोग गर्दै स्थानीय सरकारले जनतालाई दिनुपर्ने अधिकार,सेवा सुविधा, विकास निर्माणका योजनाहरु अगाडि बढाउंदै लगेको चौधरीले दावी गर्नुभयो । गाउंपालिकाका जनताले तिन पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई मिलेर काम गर्ने गरी म्यान्डेड दिएकोले सहमतिमा काम गर्न अन्य पार्टीका नेताहरुलाई आग्रह समेत गर्नुभयो ।

भवन उद्घाटन गर्दै प्रदेश सभा सदस्य चौधरीले नेकपाले चुनावमा गरेका प्रतिवद्धता अनुसार विकास निर्माणका कामहरुको आधार तय गरिसकेको उहांको भनाई छ । गाउंपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीको संचालन, उपाध्यक्ष शान्ता देवी ज्ञवालीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य सोनीया यादव,चन्द्रकोट गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् गाउंपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत अनन्त पाणि मरासिनी,नेकपा शुद्धोधन गाउ्रंपालिका कमिटीमा अध्यक्ष रुक्मागत खनाल,वडा नम्बर ६ का वडाअध्यक्ष जय शंकर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यतm गर्दै शुद्धोधन गाउंपालिकाले अगाडि बढाएका विकास निर्माणका आयोजना, जनतालाई प्रदान गरिने प्रशासनीक कामकारवाही सरलताका साथ अगाडि बढाएको भन्दै खुशी व्यतm गर्नुभयो ।

६ करोड ४० हजार १ सय ८८ रुपैंया लागतमा सम्पन्न भवनको २०७५ असोज २८ गते लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री वैजनाथ चौधरीले शिलन्यास गरेको गाउंपालिकाका प्रवतmा राजेन्द्र प्रसाद कडेलले जानकारी दिनुभयो । एक विगाहा क्षेत्रफलमा फैलिएको भवनमा ४५ वटा कोठा, कार्यक्रमका लागि सभाहल रहेको छ । पुरानो भवनमा कोठा कम हुंदा सेवाग्राहीलाई समस्या परेकोमा अव भने सुविधा सम्पन्न भवनमा उचित पार्किङ्ग, फराकिला कोठा, सेवाग्राहीलाई काम सम्पन्न हुंदासम्म वस्नको लागि उचित स्थान सबै सुविधा रहेकोले काम गर्न र सेवा लिने दुवै पक्षलाई सुविधा हुने गाउंपालिकाका अध्यक्ष किसन चन्द्र चौधरीले दावी गर्नुभयो ।

कार्यक्रममा रुपन्देहीका अन्य गाउंपालिकाका प्रतिनिधि,सबै वडाका वडा अध्यक्ष,कर्मचारी, पत्रकार, शुद्धोधन गाउंपालिकाका स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्थल बाहिर भने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी देउखुरी सारिएको भन्दै प्रदेशका मन्त्री र प्रदेश सभा सदस्यहरुको विरोध गर्दै कालो झण्डा प्रर्दशन गरेको थियो ।