सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले सरसफाई

भैरहवा, कार्तिक १ । सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले सरसफाई कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिका ६ मा रहेको सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले बडा दशै, तिहार ,ईद,छठ पर्वको पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा टोल सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
सबिधानसभा सदस्य श्री ईस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अतिथिहरुमा दुर्गा मन्दिर किशोरपुर गाउसमाज अध्यक्ष श्री पुरनसिङ राना, सिरसिरे युवा क्लव अध्यक्ष अनिलसि गुरुङ, टोलसुधार संयोजक रविना भन्डारीको उपस्थिती रहेको थियो । कार्यक्रम समुहको अध्यक्ष शान्ता कंडेलको अध्यक्षतामा र सचिव लाजिना देवकोटाको सन्चालनमा भएको थियो।