Bhairahawa Online Logo
World

चिनियाँ विदेशमन्त्री वाङ यी भारतमा, सम्बन्ध सुधारको संकेत

Share:
Bhairahawa Online
चिनियाँ विदेशमन्त्री वाङ यी भारतमा, सम्बन्ध सुधारको संकेत
pic : Wikimedia

काठमाडौं — विशेष प्रतिनिधि संयन्त्र अन्तर्गतको वार्तामा सहभागी हुन चिनियाँ विदेशमन्त्री वाङ यी अगस्ट १८ मा भारत आउने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्ने निश्चित भएको स्रोतहरूले जनाएका छन्।

यो भेट प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अगस्ट ३१ मा हुने सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि चीन भ्रमणअघि हुने भएकाले अझै महत्वपुर्ण मानिएको छ।

वाङको भारत यात्रा २०२० मा गलवानमा भएको सीमा झडपपश्चात् बिग्रिएको द्विपक्षीय सम्बन्धलाई पुनः सामान्य बनाउन दुवै देशले गरिरहेको प्रयासको अर्को चरणका रूपमा हेरिएको छ।

गत महिना भारतीय विदेशमन्त्री डा. एस. जयशंकर चीन पुगेर एससीओ विदेशमन्त्री बैठकमा सहभागी भएका थिए र त्यही अवसरमा वाङसँग भेटवार्ता पनि गरेका थिए। यसअघि जुन महिनामा भारतीय रक्षामन्त्री राजनाथ सिंह पनि रक्षा मन्त्रीहरूको बैठकका लागि चीन गएका थिए।

दुवै देशले हालै नयाँ दिल्ली–बेइजिङबीचको सिधा हवाई उडान पुनः सुरु गर्ने निर्णय लिएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाउने घोषणा गरेका कारण, भारतले चीनसँगको सम्बन्ध पुनर्मूल्यांकन गर्नसक्ने चर्चा पनि भइरहेको छ।

विश्लेषकहरूले यो भ्रमणलाई भारत–चीन कूटनीतिक सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतको रूपमा लिएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News