एनपीएल दोस्रो संस्करणको खेलाडी अक्सनमा ३७ खेलाडीमाथि हुनेछ प्रतिस्पर्धा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज दिउँसो ३ बजेबाट सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सनमा सहभागी हुने खेलाडीहरू प्राविधिक टोलीले तोकेको मापदण्डअनुसार छनोट गरिएका हुन्।
यो संस्करणका लागि प्रारम्भिक रूपमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये ८ फ्रेन्चाइच टिमका माग र छनोट प्रक्रिया अनुसार १५० खेलाडी अक्सनका लागि सूचीकृत भएका छन्। यिनमध्ये ३७ खेलाडीमाथि मात्र बोली लाग्नेछ।
क्यानका अनुसार खेलाडीहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ। टिमहरूले आफ्नो आवश्यकताअनुसार जुनसुकै श्रेणीको खेलाडी खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यस अक्सनमार्फत टिमहरूले आफ्नो बलियो संयोजन बनाउन मौका पाउनेछन्, जसले प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा ल्याउने अपेक्षा गरिएको छ