Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओली : अदालतको निर्णयले कहिलेकाहीँ प्रधानमन्त्रीसम्म प्रभावित

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओली : अदालतको निर्णयले कहिलेकाहीँ प्रधानमन्त्रीसम्म प्रभावित

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले कहिलेकाहीँ अकल्पनीय ढंगले हस्तक्षेप गर्ने गरेको टिप्पणी गरेका छन्। उनका अनुसार संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीलाई पदच्युत गर्ने वा नियुक्त गर्ने अधिकार संसदकै हो, तर अतीतमा अदालतले पनि त्यस्तो कदम चाल्ने गरेको देखिएको छ।

सूचना सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “कहिलेकाहीँ अदालतको व्याख्या झोकझामसँगै आउँछ, अनि प्रधानमन्त्री हटाउने वा राख्ने निर्णयसम्म पुगिन्छ। यो अभ्यास संसदको अधिकारक्षेत्रसँग मेल खाँदैन।”

उनले संविधानलाई अदालतले व्याख्या गर्ने अधिकार भने स्वीकार गरे। तर, त्यसकै नाममा प्रधानमन्त्रीको नियुक्ति र बर्खास्तीसम्म हुने परम्परा गलत भएको धारणा राखे। “अदालतको कुर्सीमा बसेपछि व्याख्याको सुविधा हुन्छ। यही आधारमा नियुक्ति र बर्खास्ती गर्ने निर्णय हालैका वर्षमा देखिएको छ,” उनले स्मरण गरे।

ओलीले देश लोकतान्त्रिक अभ्यासतर्फ अगाडि बढिरहेको र समयसँगै पूर्ण लोकतन्त्र स्थापनामा पुग्ने विश्वास पनि व्यक्त गरे।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News