इंग्ल्यान्डले पेनाल्टी सुटआउटमा जित्दै यूरो २०२५ को उपाधि जित्यो

भैरहवा - इंग्ल्यान्डले युरो २०२५ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोपियन उपाधि जित्न सफल भएको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
खेलमा स्पेनकी मरियोना काल्देन्तेले पहिलो हाफमा उत्कृष्ट हेड गोल गर्दै अग्रता दिलाएकी थिइन्। तर दोस्रो हाफमा इंग्ल्यान्डकी अलेसिया रूसोले हेडमार्फत बराबरी गोल गरिन्।
पेनाल्टी सुटआउटमा इंग्ल्यान्डकी गोलकिपर हान्ना ह्याम्पटन हिरो सावित भइन्। उनले स्पेनका दुई पेनाल्टी बचाइन् भने क्लोइ केलीले निर्णायक पेनाल्टी गोल गर्दै इंग्ल्यान्डलाई उपाधि दिलाइन्।
इंग्ल्यान्डका तर्फबाट पेनाल्टीमा गोल गर्ने खेलाडीहरू:
एलेक्स ग्रीनवुड
नियाम चार्ल्स
क्लोइ केली
स्पेनका तर्फबाट मात्र एक पेनाल्टीमा गोल भयो, त्यो पनि प्याट्री गुजारोको तर्फबाट।
मरियोना काल्देन्ते, आइटाना बोनमती र सल्मा पारालुएलोका पेनाल्टी हान्न असफल भए।
प्रशिक्षक सरिना विगम्यानको नेतृत्वमा इंग्ल्यान्डले पछिल्लो केही वर्षदेखि महिला फुटबलमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ। यो उपाधिले इंग्ल्यान्डको महिला फुटबल इतिहासमा अर्को महत्त्वपूर्ण अध्याय थपेको छ।
