Bhairahawa Online Logo
Sports

रियल म्याड्रिड क्लब विश्वकप क्वार्टरफाइनलमा, युवेन्टसलाई १-० ले पराजित

Share:
Bhairahawa Online
रियल म्याड्रिड क्लब विश्वकप क्वार्टरफाइनलमा, युवेन्टसलाई १-० ले पराजित

मियामी, असार १८, २०८२ स्पेनिस फुटबल दिग्गज रियल म्याड्रिडले FIFA Club World Cup को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। मियामीस्थित हार्ड रक स्टेडियममा मंगलबार राति सम्पन्न प्रतिस्पर्धामा रियलले इटालियन क्लब युवेन्टसलाई १–० ले पराजित गर्‍यो।

गोंजालो गार्सियाको निर्णायक गोल खेलको दोस्रो हाफमा युवा स्टार गोंजालो गार्सियाले हेडमार्फत गरेको एक मात्र गोल निर्णायक सावित भयो। प्रशिक्षक खाबी आलोन्सोको नेतृत्वमा रहेको म्याड्रिडले दबाबमूलक खेल खेल्दै कठिन जित निकालेको हो।

खेलको सुरुआतमा युवेन्टस हाबी खेलको सुरुवाती १५ मिनेटसम्म युभेन्टसले दबाब बनाएको थियो। विशेषगरी ६औं मिनेटमा रान्डल कोलो मुआनीले एन्टोनियो रुडिगरलाई छलेर गोलको प्रयास गरे पनि अवसर खेर गयो।

कडा टक्करबीच रियलको अनुभवले दिलायो जित युभेन्टसले खेलभरि बलमा नियन्त्रण राखे पनि निर्णायक मूवमा चुके। रियल म्याड्रिडले भने सीमित अवसरलाई भरपूर उपयोग गर्दै रणनीतिक रूपमा सन्तुलित खेल प्रदर्शन गर्‍यो।

यो जितसँगै रियल म्याड्रिड क्वार्टरफाइनलमा प्रवेश गरेको छ, जहाँ उनीहरूले अर्को चरणमा कठिन चुनौतीको सामना गर्नु पर्नेछ।

रियल म्याड्रिड क्लब विश्वकप क्वार्टरफाइनलमा, युवेन्टसलाई १-० ले पराजित

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News