Bhairahawa Online Logo
Sports

क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ सहयोग

Share:
Bhairahawa Online
क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ सहयोग

📅 २७ असार २०८२, शुक्रबार 📍 काठमाडौं

यू–१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य क्रिकेटर सुशील रावललाई आर्थिक सहयोग स्वरूप १ लाख रुपैयाँ प्रदान गरिने भएको छ। भारतमा प्रशिक्षणका लागि खर्च अभाव भएको भन्दै सामाजिक सञ्जालमा भावनात्मक अपिल गरेपछि निजी कम्पनीले सहयोगको घोषणा गरेको हो।

रावलले आफ्नो फेसबुकमा लेखेका थिए, "मलाई अहिले माला र प्रमाणपत्र होइन, आर्थिक साथ चाहिएको छ।" उनले भारतमा हुने प्रशिक्षणका लागि करिब १ लाख रुपैयाँ खर्च लाग्ने उल्लेख गरेका थिए।

उनको अपिल देखेपछि रुप्से होलिडे ट्राभल एजेन्सीका सञ्चालक रमेश पराजुलीले नेपाल क्रिकेट संघ (CAN) सँग समन्वय गरेर सहयोग गर्ने निर्णय गरेका हुन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, गर्जमुनीमा बसोबास गर्ने रावल बझाङबाट छनोट भई राष्ट्रिय टोलीमा पुगेका हुन्। भविष्यमा अझ उत्कृष्ट प्रदर्शनका लागि भारतमा प्रशिक्षण आवश्यक परेको भन्दै उनले साथ र समर्थनको अपिल गरेका थिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News