Bhairahawa Online Logo
News

उच्च अदालतको आदेशमा दुर्गा प्रसाईं धरौटीमा रिहा

Share:
Bhairahawa Online
उच्च अदालतको आदेशमा दुर्गा प्रसाईं धरौटीमा रिहा

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। तीनकुनेमा आयोजित राजावादी प्रदर्शनपछि पक्राउ परेका प्रसाईंमाथि बैंकिङ कसूरसम्बन्धी मुद्दामा २८ लाख रुपैयाँ धरौटी माग गर्दै अदालतले तारेखमा राख्न निर्देशन दिएको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दिएको आदेशमा, घटनासम्बन्धी प्रारम्भिक प्रमाण र प्रतिवादीद्वारा पेश गरिएको क्यान्सर रोगसम्बन्धी प्रमाणपत्रलाई आधार मानिएको छ। अदालतले हाल प्राप्त प्रमाणहरूबाट प्रसाईं निर्दोष छन् भनेर तत्काल भन्न सकिने अवस्था नरहेको उल्लेख गर्दै, मुद्दाको पूर्पक्षका लागि धरौटीमा तारेखमा राख्न मिल्ने निर्णय सुनाएको हो।

प्रसाईंमाथि मुख्य मुद्दा अन्तर्गत २५ लाख रुपैयाँ र बैंकिङ कसूर सम्बन्धी थप ३ लाख रुपैयाँ धरौटी माग गरिएको छ। कुल २८ लाख धरौटी बुझाएपछि उनी रिहा हुनेछन्। अदालतले प्रक्रिया अघि बढाउने क्रममा थप प्रमाण संकलन हुँदै जाने उल्लेख गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News