Bhairahawa Online Logo
Politics

सहकारी ठगी प्रकरण : रामहरि सिलवाल १ लाख धरौटीमा रिहा

Share:
Bhairahawa Online
सहकारी ठगी प्रकरण : रामहरि सिलवाल १ लाख धरौटीमा रिहा

रुपन्देही — मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थामा ठगी अभियोगमा पक्राउ परेका रामहरि सिलवाललाई जिल्ला अदालत रुपन्देहीले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

आइतबार न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पुर्पक्ष बहसपछि धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाले जानकारी दिएका छन्।

चितवनका सिलवाल नेकपा एमालेको राजनीतिमा सक्रिय छन् र उनी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का उपाध्यक्ष पनि हुन्।

यसअघि शुक्रबार सहकारीका अध्यक्ष अशोक केसीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको थियो।

करिब ५ करोड ९० लाख रुपैयाँ हिनामिना भएको आरोपमा प्रहरीले अध्यक्ष केसीसहित २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। फरार रहेका केसी र सिलवाल दुबैलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News