Bhairahawa Online Logo
News

विधानअनुसार अघि बढ्न लिङ्देनको आग्रह, असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत चुनौती दिन सुझाव

Share:
Bhairahawa Online
विधानअनुसार अघि बढ्न लिङ्देनको आग्रह, असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत चुनौती दिन सुझाव
pic : Wikipedia

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको विगतको फुटको संस्कृति अन्त्य भएको दाबी गर्दै अब राप्रपा स्थायित्वको दिशामा अघि बढिरहेको बताएका छन्। उनका अनुसार पार्टीलाई विभाजन गर्ने न त कारण बाँकी छ, न त क्षमता।

एक अन्तरवार्तामा लिङ्देनले विगतमा असहमति देखिनासाथ फुटाउने प्रवृत्ति भए पनि अहिले देखिएका मतभेदलाई समितिगत छलफल र संस्थागत प्रक्रियाबाट समाधान गर्ने प्रयास भइरहेको स्पष्ट गरे। उनले पार्टी समान विचारका सदस्यहरूको संस्था भएको र पद्धति तथा अनुशासनअनुसार चल्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “चित्त नबुझ्ने कुरा समितिमा छलफल गर्ने हो, त्यसमार्फत समाधान नभए महाधिवेशनमा निर्णय लिन सकिन्छ।” लिङ्देनले असन्तुष्ट पक्षलाई विधान विपरीत क्रियाकलाप नगर्न चेतावनी दिँदै, अध्यक्षलाई समितिहरू गठन, जिम्मेवारी तोक्ने र आवश्यक हेरफेर गर्ने अधिकार स्पष्ट रूपमा रहेको बताए।

फरक प्रसंगमा उनले नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको मुलुकमा राजसंस्था आवश्यक रहेको बताउँदै, राप्रपा निरन्तर राजसंस्थाको पुनःस्थापनाका पक्षमा आवाज उठाइरहेको र पछिल्लो समय यसको समर्थन जनस्तरमा बढ्दो क्रममा रहेको दाबी गरे।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News