Bhairahawa Online Logo
News

नेतामाथि मात्र दोष थुपार्नु गलत : शेरबहादुर देउवा

Share:
Bhairahawa Online
नेतामाथि मात्र दोष थुपार्नु गलत : शेरबहादुर देउवा
pic credit: Wikimedia

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक कुराको दोष नेताहरूमाथि मात्र थुपार्ने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

देउवाले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ल्याइएको उदारीकरण नीतिका कारण धेरै आलोचना खेप्नुपरेको स्मरण गरे। उनले सरकारको काम व्यापार वा उद्योग सञ्चालन गर्नु नभई त्यसका लागि सहयोगी वातावरण बनाइदिनु रहेको स्पष्ट पारे।

“गिरिजाबाबुले उदारीकरण र निजीकरणको नीति ल्याउनुभयो। व्यापारीले व्यापार गर्ने, उद्योगपतिले उद्योग चलाउने हो। तर, मेहनत नगर्ने र सबै दोष नेतामाथि थुपार्ने काम बन्द गर्नुपर्छ,” उनले भने। “हामी सरकारमा छौँ, सहयोग गर्न तयार छौँ। तर व्यापार र उद्योग सञ्चालनको जिम्मा सम्बन्धित पक्षले लिनुपर्छ। मेहनतविना केही हुँदैन।”

उनले व्यापारी र उद्योगपतिलाई मेहनत गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै असफलताको दोष सरकारलाई मात्र दिन नहुने बताए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News