Bhairahawa Online Logo
News

दाहालको संकेत : नेपालका असली चुनौती दलाल पूँजीपति र भ्रष्ट प्रणाली

Share:
Bhairahawa Online
दाहालको संकेत : नेपालका असली चुनौती दलाल पूँजीपति र भ्रष्ट प्रणाली

श्रावण ११, २०८२ काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालमा राजतन्त्र भन्दा गम्भीर चुनौतीहरू रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले अबको युगमा नेपालले लड्नुपर्ने मुख्य दुश्मनहरू अरू नै भएको स्पष्ट पारे।

उनले भने, "राजतन्त्रको युग त बितिसक्यो, अब नेपाललाई खोक्रो बनाउने मुख्य तत्व दलाल पुँजीवाद, बिचौलिया र केही मुठ्ठीभर स्वार्थी समूहहरू हुन्। यिनले अर्थतन्त्र कब्जा गरेर जनताको सपना कुल्चिरहेका छन्।"

उनको भनाइ अनुसार अहिले विकासको बाटोमा सबभन्दा ठुलो अवरोध नोकरशाही पुँजीवाद बनेको छ।

दाहालले संघीय निजामती सेवा विधेयकलाई लिएर पनि गुनासो पोख्दै भने, "यो विधेयक सांसदहरूलाई समेत अपमान गर्नेगरी अघि बढाइएको छ।"

उनले अदालत, प्रशासन र राज्य संयन्त्रमा गहिरो रूपमा फैलिएको भ्रष्टाचार र सिण्डिकेट प्रणालीले लोकतन्त्रको आत्मा कमजोर पारेको उल्लेख गरे।

"सामन्ती शासन प्रणाली र राजतन्त्रको धम्कीभन्दा अहिलेको असली चुनौती यिनै दलाल र भ्रष्ट सोचधारी समूहहरू हुन्," उनले स्पष्ट पारे।

उनले सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजलाई मिलेर यस्ता चुनौतीहरूको विरुद्धमा उभिन आह्वान गरे।

दाहालको संकेत : नेपालका असली चुनौती दलाल पूँजीपति र भ्रष्ट प्रणाली

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News