Bhairahawa Online Logo
Sports

एनपीएल अक्सन २०८२: खेलाडी दर्ता सुरु, साउन ५ सम्म फारम भर्न सकिने

Share:
Bhairahawa Online
एनपीएल अक्सन २०८२: खेलाडी दर्ता सुरु, साउन ५ सम्म फारम भर्न सकिने

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला काठमाडौं, २८ असार २०८२ – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अक्सनका लागि नेपाली खेलाडीको दर्ता खुला भएको जानकारी दिएको हो।

क्यानका अनुसार खेलाडीहरूले आफ्नो रुचिअनुसार ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमध्ये एक छानेर नाम दर्ता गर्न सक्नेछन्।

दर्ता गर्न चाहने खेलाडीहरूले क्यानको आधिकारिक वेबसाइट https://npl-t20.com/registration मा गई अनलाइन फारम भर्नुपर्नेछ। दर्ता शुल्क रु १,००० तोकिएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दर्ता प्रक्रिया साउन ५ गतेसम्म खुला रहनेछ। पहिलो संस्करणबाट रिलिज भएका तथा एनपीएलमा सहभागी हुन इच्छुक नयाँ खेलाडीहरूलाई समावेश गर्ने उद्देश्यले यो दर्ता प्रक्रिया सुरु गरिएको हो।

एनपीएलको दोस्रो संस्करण यस वर्ष भदौ महिनामा आयोजना हुने तयारीमा छ। यसपटकको संस्करणमा थप प्रतिस्पर्धात्मकता, व्यावसायिकता र मनोरञ्जनको अपेक्षा गरिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News