Bhairahawa Online Logo
News

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

Share:
Bhairahawa Online
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली बिहानै शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग सरकारका कार्यसम्पादन र हालका राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो भेट नियमित संवादको क्रममा भएको हो। छलफलमा ओलीले हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमण तथा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिताका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News