Bhairahawa Online Logo
Sports

एनपीएल मिनी अक्सनमा ३७ खेलाडी छनोट, चितवन राइनोजको सबैभन्दा बढी खर्च

Share:
Bhairahawa Online
एनपीएल मिनी अक्सनमा ३७ खेलाडी छनोट, चितवन राइनोजको सबैभन्दा बढी खर्च

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार भएको मिनी अक्सनमा आठ टोलीले ३७ खेलाडीलाई अनुबन्ध गरेका छन्। पहिलो चरणमा २६ खेलाडी छनोट भए भने बाँकी ११ खेलाडी ‘विस लिस्ट’ मार्फत टोलीमा भित्रिएका हुन्।

‘ए’ श्रेणीका चार खेलाडी—देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ—प्रत्येकलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरिएको छ। यी चारै खेलाडीमाथि एकभन्दा बढी टोलीले दाबी गरेपछि ‘लक्की ड्र’ बाट टोली निर्धारण गरिएको थियो। देव र अर्जुन चितवन राइनोज, आदिल काठमाण्डू गोर्खाज र पवन कर्णाली याक्समा आबद्ध भएका छन्।

‘बी’ श्रेणीमा लुम्बिनी लायन्सले दिलीप नाथ र शेर मल्ललाई, सुदूरपश्चिम रोयल्सले हेमन्त धामीलाई, विराटनगर किङ्सले सूर्य तामाङलाई, काठमाण्डू गोर्खाजले सन्तोष यादवलाई र कर्णाली याक्सले युवराज खत्रीलाई जनही १० लाखमा खरिद गरेका छन्। त्यस्तै, जनकपुर बोल्ट्सले मयन यादवलाई ७ लाख ७५ हजार र काठमाण्डू गोर्खाजले आकाश त्रिपाठीलाई ७ लाखमा अनुबन्ध गरे।

‘बी’ र ‘सी’ श्रेणीका अन्य खेलाडीहरूमा विराटनगर किङ्सले शङ्कर राना, नारायण जोशी र साहिल पटेललाई, पोखरा एभेन्जर्सले अर्जुन कुमाल, सन्दीप खत्री क्षेत्री, अभिषेक तिवारी र कृष्ण पौडेललाई, लुम्बिनी लायन्सले विशाल पटेल, दुर्गेश गुप्ता र आदिल खानलाई, जनकपुर बोल्ट्सले आदित्य महता, विकास आग्री र सचिन भट्टलाई, चितवन राइनोजले विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई, सुदूरपश्चिम रोयल्सले दिपक बोहरा, मिलन बोहरा, टेकबहादुर रावत र दीपेन्द्र थापालाई, कर्णाली याक्सले इमरान शेख र दीपक डुम्रेलाई, र काठमाण्डू गोर्खाजले तुलबहादुर थापा र उत्तम थापा मगरलाई क्रमशः ५ लाख र २–३ लाखमा अनुबन्ध गरेका छन्।

अक्सनमा ४५८ मध्ये १५० खेलाडी छनोट भएका थिए। ‘ए’ श्रेणीको आधार मूल्य १०–१५ लाख, ‘बी’ श्रेणीको ५–१० लाख र ‘सी’ श्रेणीको २–५ लाख थियो। अक्सनपछि आठ टोलीले ८८ नेपाली खेलाडी समेटेका छन्। अब प्रत्येक टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन्।

टोली र खेलाडीहरूको सूची:

जनकपुर बोल्ट्स: आसिफ शेख (मार्की), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री।

सुदूरपश्चिम रोयल्स: दिपेन्द्रसिंह ऐरी (मार्की), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा, मिलन बोहरा।

कर्णाली याक्स: सोमपाल कामी (मार्की), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे, युवराज खत्री।

चितवन राइनोज: कुशल मल्ल (मार्की), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य, रन्जित कुमार।

काठमाण्डू गोर्खाज: करण केसी (मार्की), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल आलम।

विराटनगर किङ्स: सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शङ्कर राना।

पोखरा एभेन्जर्स: कुशल भुर्तेल (मार्की), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री।

लुम्बिनी लायन्स: रोहित पौडेल (मार्की), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता, आदिल खान।

चितवन राइनोजले ३९ लाखसहित सबैभन्दा बढी खर्च गरेको छ भने पोखरा एभेन्जर्सले ११ लाखसहित कम खर्च गरे। काठमाण्डूले ३७ लाख, लुम्बिनीले ३२ लाख, कर्णालीले २९ लाख, विराटनगरले २७ लाख, सुदूरपश्चिमले २४ लाख र जनकपुरले १९ लाख ७५ हजार खर्च गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News