Bhairahawa Online Logo
News

गृहमन्त्रीको निर्देशन : "निर्मला हत्या अनुसन्धानमा कुनै कसर नराख्न"

Share:
Bhairahawa Online
गृहमन्त्रीको निर्देशन : "निर्मला हत्या अनुसन्धानमा कुनै कसर नराख्न"

काठमाडौं – भीमदत्त नगरपालिका निवासी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अब केन्द्रीय अनुसन्धान ब्युरो (CIB) बाट नयाँ ढंगले अनुसन्धान अघि बढ्ने भएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार सीआईबीको कार्यालयमा निरीक्षण गर्दै उक्त घटनामा गहिरो र प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिएका छन्।

मन्त्री लेखकले घटनामा दोषी उम्कन नपाओस् भन्ने उद्देश्यले अनुसन्धानको कुनै पाटो छुट्न नदिन प्रहरीलाई सचेत गराएका छन्। साथै, सीआईबीप्रति सर्वसाधारणको भरोसा अझै मजबुत बनाउँदै अनुसन्धान पारदर्शी ढंगले अघि बढाउन आग्रह गरे।

गृहमन्त्रीले भने, "निर्मला पन्त लगायतका जटिल घटनामा ब्युरोले तीव्रता साथ अनुसन्धान गरिरहनु आवश्यक छ। सीआईबीप्रतिको जनविश्वास कायम राख्न अझ इमानदारीपूर्वक कार्य गर्नुहोस्।"

उनले प्रहरी संगठनभित्र सीआईबीको भूमिकालाई थप प्रभावकारी बनाउन प्रविधि, जनशक्ति, र स्रोत व्यवस्थापनमा गृह मन्त्रालयले गम्भीरता देखाएको जानकारी पनि दिए। वित्तीय अपराधमा वृद्धि देखिएकाले अनुसन्धान महाशाखा गठन गरिएको उनले जानकारी गराए।

कार्यक्रममा सीआईबी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीको हालसम्मको काम, सफलताहरू, र चुनौतीबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ, लगायत अधिकारीहरू पनि सहभागी थिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News