Bhairahawa Online Logo
News

लागूऔषध कारोबारी खनाल एमालेबाट निलम्बित, पक्राउ गरी कारबाही गर्नुपर्ने माग

Share:
Bhairahawa Online
लागूऔषध कारोबारी खनाल एमालेबाट निलम्बित, पक्राउ गरी कारबाही गर्नुपर्ने माग

झापा, साउन ४ – नेकपा एमालेले लागूऔषध कारोबारमा संलग्न भएको आरोप लागेका नगर सदस्य भानुभक्त खरेललाई पार्टीबाट निलम्बन गरेको छ। बिर्तामोड नगर कमिटीले आज बसेको सचिवालय बैठकले अनुसन्धान पूरा नभएसम्म खरेललाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको घटना सार्वजनिक गरेपछि पार्टीले यस विषयमा गम्भीर ध्यान दिएको जनाएको छ। खरेल एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका उपाध्यक्ष पनि हुन्।

नेपाल औषधी व्यवसायी संघ झापाले विज्ञप्ति जारी गरी खरेललाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। त्यस्तै, नेकपा माओवादी निकट युवा कम्युनिस्ट लिगले पनि प्रहरीले खरेलविरुद्ध कारबाहीमा उदासिनता देखाएको भन्दै सशक्त प्रतिकारको चेतावनी दिएको छ।

पक्राउ पर्नेमा खरेलका कामदार विनोद घिमिरे रहेका छन् भने खरेल अझै फरार छन्। प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ कि खरेलले सनलाइट फर्मा नामक पसलबाट लागूऔषधको थोक बिक्री गर्दै आएको र सेटिङ मिलाएर देशभर लागूऔषध वितरण गर्दै आएको छ। प्रहरीले उनको खोजी गरिरहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News