टप इन्ड टी–२० मा आज नेपाल र होबर्ट हुरिकेन्सबीच प्रतिस्पर्धा

काठमाडौँ— अस्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल खेल्दैछ। नेपाली टोलीले होबर्ट हुरिकेन्सविरुद्ध पार्मस्टनमा बिहान ११:१५ बजे प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।
यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ। पहिलो खेलमा आयोजक नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग हार्यो भने तेस्रो खेलमा मेलबर्न स्टार्सविरुद्ध ३१ रनले पराजित भएको थियो।
प्रतियोगितामा जम्मा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्नुपर्नेछ। नेपालले अझै दुई खेल खेल्न बाँकी छ — बुधबार मेलबर्न रेनेगेड्ससँग र शुक्रबार पाकिस्तान साहिन्ससँग।
यो शृङ्खला र त्यसपछिका अभ्यास खेलहरू नेपालका लागि आगामी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका रूपमा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।