Bhairahawa Online Logo
World

पुटिन र जयशंकरबीच उच्चस्तरीय भेटवार्ता

Share:
Bhairahawa Online
पुटिन र जयशंकरबीच उच्चस्तरीय भेटवार्ता

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले रूस भ्रमणका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लावरोफसँग भेटवार्ता गरेका छन्।

उच्चस्तरीय छलफलमा व्यापार, लगानी, ऊर्जा, मल आपूर्ति, स्वास्थ्य, सीप विकास, श्रमिक गतिशीलता र सुरक्षा सहयोग जस्ता विषयलाई प्राथमिकतापूर्वक उठाइएको बताइएको छ।

जयशंकरले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन व्यापक छलफल भएको उल्लेख गर्दै भने, “हामीले युक्रेन, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र दक्षिण एशियाली क्षेत्रसम्बन्धी धारणा आदानप्रदान गरेका छौं। साथै, संयुक्त राष्ट्रसंघ, जी–२०, एससीओ र ब्रिक्सभित्र सहकार्यका विषयमा पनि विचारविमर्श गरिएको छ।”

रूस र भारतबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको रूपमा लिने भनाइ दुवै पक्षबाट व्यक्त भएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News