Bhairahawa Online Logo
Sports

भुटानविरुद्ध पूर्णिमा र मीनाको ह्याट्रिकसहित नेपालको ८ गोल

Share:
Bhairahawa Online
भुटानविरुद्ध पूर्णिमा र मीनाको ह्याट्रिकसहित नेपालको ८ गोल

ढाका, साउन ४ – साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत भुटानसँग भएको दोस्रो खेलमा नेपालले ८-० को विशाल जित हासिल गरेको छ। ढाकास्थित वसुन्धरा किङ्स एरियाको अभ्यास मैदानमा भएको खेलमा पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक पुरा गर्दै टोलीलाई ठूलो जित दिलाए।

पहिलो हाफमा नेपालले ६ गोल गरेको थियो भने दोस्रो हाफमा थप २ गोल थपियो। पूर्णिमाले खेलको २३औं मिनेटदेखि पहिलो हाफको थप गरिएको समयमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरिन्। मीनाले भने पहिलो हाफमा दुई गोल र ६४औं मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पुरा गरिन्।

नेपालका समीक्षा मगर र कुसुम खतिवडाले १/१ गोल थपे। खेलको सुरुवातमै, पहिलो मिनेटमै सरिता नाथको पासमा मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। नवौँ मिनेटमा समीक्षा मगरले दोस्रो गोल गरेकी थिइन्।

नेपालको यो जितले साफ यू-२० महिला च्याम्पियनसिपमा टोलीको राम्रो सुरुआत भएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News