Bhairahawa Online Logo
Sports

चेल्सीको मुख्य स्ट्राइकर टिम छाड्न तयार

Share:
Bhairahawa Online
चेल्सीको मुख्य स्ट्राइकर टिम छाड्न तयार
pic : Wikimedia

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो प्रमुख स्ट्राइकर निकोलस ज्याक्सनलाई अर्को क्लबमा जान अनुमति दिएको छ। शुक्रबार बायार लेभरकुसेनविरुद्धको खेलमा उनी टोली सूचीमा समावेश थिएनन्, जसले उनको भविष्यबारे अड्कल बढाएको छ।

२४ वर्षीय सेनेगाली फरवार्डमा न्युक्यासल युनाइटेडले चासो देखाएको जनाइएको छ। चेल्सीले उनलाई २०२३ मा स्पेनिस क्लब भिल्लारियलबाट ३२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो। तर हाल क्लबले उनको मूल्य कम्तीमा ६४ मिलियन पाउन्ड राखेको बताइएको छ।

ज्याक्सनले चेल्सीका लागि ८० खेलमा ३० गोल र १२ असिस्ट गरेका छन्। २०२४ मा उनले क्लबसँग ९ वर्षको सम्झौता गरेका थिए, तर अब ट्रान्सफरको सम्भावना उच्च बनेको छ। क्लबले उनको बिक्रीका साथै आवश्यक परे फेरि टोलीमा फर्काउने विकल्प पनि खुला राखेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News