पीएसजीले पहिलो पटक यूईएफए सुपरकप उठायो, टोटनहम टाइब्रेकरमा पराजित

काठमाडौं — युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इतिहास रच्दै पहिलो पटक यूईएफए सुपरकप आफ्नो नाममा लेखाएको छ। इटालीको युडिनेजीमा भएको रोमाञ्चक फाइनलमा पीएसजीले युरोपा लिग विजेता टोटनहमलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो। टोटनहमका मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले पहिलो हाफमै गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर अन्तिम ५ मिनेटमा पीएसजीले नाटकीय पुनरागमन गर्यो—८५ औं मिनेटमा ली काङ–इन र इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरे।
सुटआउटमा नुनो मेन्डिजले निर्णायक गोल गर्दै फ्रान्सेली क्लबलाई उपाधि दिलाए। यो जितसँगै २०२५ मा पीएसजीको उपाधि संख्या पाँच पुगेको छ। टोटनहमका नयाँ प्रशिक्षक थोमस फ्रान्कको सुरुआत भने असफल रह्यो।काठमाडौं — युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इतिहास रच्दै पहिलो पटक यूईएफए सुपरकप आफ्नो नाममा लेखाएको छ। इटालीको युडिनेजीमा भएको रोमाञ्चक फाइनलमा पीएसजीले युरोपा लिग विजेता टोटनहमलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो। टोटनहमका मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले पहिलो हाफमै गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर अन्तिम ५ मिनेटमा पीएसजीले नाटकीय पुनरागमन गर्यो—८५ औं मिनेटमा ली काङ–इन र इन्ज्युरी समयको चौथो मिनेटमा गोन्जालो रोमोसले बराबरी गोल गरे।
सुटआउटमा नुनो मेन्डिजले निर्णायक गोल गर्दै फ्रान्सेली क्लबलाई उपाधि दिलाए। यो जितसँगै २०२५ मा पीएसजीको उपाधि संख्या पाँच पुगेको छ। टोटनहमका नयाँ प्रशिक्षक थोमस फ्रान्कको सुरुआत भने असफल रह्यो।