Bhairahawa Online Logo
News

सञ्चारमन्त्री गुरुङ : अनलाइन मिडिया दर्ताका नयाँ नियम स्वीकार गर्दै अघि बढ्नुपर्छ

Share:
Bhairahawa Online
सञ्चारमन्त्री गुरुङ : अनलाइन मिडिया दर्ताका नयाँ नियम स्वीकार गर्दै अघि बढ्नुपर्छ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन समाचार पोर्टलहरूको दर्ता प्रक्रियामा गरिएको नयाँ कानुनी व्यवस्थालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री गुरुङले संसदबाट पारित भइसकेको कानुनलाई स्वीकार नगरी अघि बढ्न नहुने बताए। “कानुन पास भइसकेको छ। त्यसैले मिडियाको दर्ता प्रक्रिया अब जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था लागू भइसकेको हो,” उनले स्पष्ट पारे।

उनले यो व्यवस्था ल्याउँदा आफूलाई जानकारी नभएको जनाउँदै, “यो विषय सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयबाट आएको हो,” भन्ने धारणा राखे।

हालै सरकारले केही कानुन संशोधन गर्दै छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेको छ, जसअनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत गरिनेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News