पौडेल १ लाख धरौटीमा रिहा, १६ करोड भ्रष्टाचार मुद्दा

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनील पौडेललाई विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित ६ कर्मचारी र खरिद कम्पनी वल्र्ड डिस्ट्रिब्युसन नेपालविरुद्ध १५ करोड ८८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०७६ माघ १५ मा भएको सम्झौताअनुसार २.४ गिगाहर्जको प्रोसेसर जडान हुनुपर्नेमा २.१ गिगाहर्जको कम क्षमतायुक्त प्रोसेसर आपूर्ति गरी झुटा कागजातमार्फत अस्वाभाविक मूल्य भुक्तानी लिएको अख्तियारले आरोप लगाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई धरौटीमा छोड्ने आदेश दिएको हो।