Bhairahawa Online Logo
Sports

एमएफएन १७ का विजेता रविन्द्र ढाँटलाई ५ लाखको सरकारी पुरस्कार

Share:
Bhairahawa Online
एमएफएन १७ का विजेता रविन्द्र ढाँटलाई ५ लाखको सरकारी पुरस्कार

काठमाडौं — म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ को बान्टमवेट च्याम्पियन बनेका नेपाली फाइटर रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँको प्रोत्साहन दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढाँटको ऐतिहासिक जितको सम्मानस्वरूप यो निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

भारतमा सम्पन्न उक्त प्रतियोगितामा ढाँटले भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई तेस्रो राउन्डमा टेको (TKO) मार्फत पराजित गर्दै उपाधि हात पारेका थिए। लगातार पाँच पटकको जितको यात्रा तय गरिरहेका कोरेनलाई रोक्ने पहिलो प्रतिद्वन्द्वी ढाँट बनेका हुन्।

सरकारले ढाँटका प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ दिने घोषणा गरेको छ। यससँगै एमएफएनमा च्याम्पियन बन्ने उनी पहिलो नेपाली फाइटरको रूपमा दर्ज भएका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, “पहिलो पटक नेपाललाई यो उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई! यो नेपालका खेलक्षेत्रका लागि गर्वको क्षण हो।”

ढाँटको जित आक्रमक मिक्स मार्सल आर्ट्स (MMA) शैलीमा आएको हो, जहाँ तेस्रो राउन्डमा उनका लगातार प्रहारका कारण रेफ्रीले खेल रोकेर उनलाई विजेता घोषित गरेका थिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News