Bhairahawa Online Logo
World

अमेरिकी पहल : ट्रम्प–पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सहभागी गराउने प्रयास

Share:
Bhairahawa Online
अमेरिकी पहल : ट्रम्प–पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सहभागी गराउने प्रयास

वासिङ्टन — आगामी शुक्रबार अलास्कामा हुने तय भएको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि सामेल गराउने प्रयास भइरहेको छ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि हुने भनिएको यो बैठकलाई युरोपेली युनियनसहित केही देशहरूले असहमति जनाएका छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले समेत युद्धरत एक पक्षलाई अलग राखेर हुने वार्तालाई मान्यता नदिने स्पष्ट बताएका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार, किभको सहभागिता सुनिश्चित गर्न अमेरिकाले पहल थालेको छ। तर प्रमुख चुनौती भनेको पुटिनले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरिरहेको हो। भान्सले फक्स न्युजसँग भने, “हामी तालिका र उपाय मिलाएर ट्रम्प, पुटिन र जेलेन्स्कीबीच द्वन्द्व अन्त्यका लागि छलफल हुने वातावरण बनाउन खोजिरहेका छौं।”

युरोपेली सहयोगीहरूले पनि जेलेन्स्कीको उपस्थितिको पक्षमा दबाब दिइरहेका छन्। जेलेन्स्कीबिना हुने वार्ताले युक्रेनलाई आफ्नो भू–भाग क्रिमलिनलाई फिर्ता गर्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ।

नाटोका लागि अमेरिकी राजदूत म्याथ्यु ह्वाइटेकरले सीएनएनसँग भने, “सबै पक्ष सहमत नभए सम्झौता सम्भव हुँदैन, त्यसैले जेलेन्स्कीको सहभागिता महत्वपूर्ण छ।” यद्यपि, अन्तिम निर्णय ट्रम्पकै हातमा रहने उनले स्पष्ट पारे।

जेलेन्स्कीले हालै जर्मनी, बेलायत, फ्रान्ससहितका १३ मुलुकका नेताहरूसँग वार्ता गरेका छन्। जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि उनको अलास्का सहभागिताप्रति आशा व्यक्त गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News