Bhairahawa Online Logo
News

ओलीको ‘हावादारी गफ’ ले देशलाई क्षति पुग्यो : दाहालको आरोप

Share:
Bhairahawa Online
ओलीको ‘हावादारी गफ’ ले देशलाई क्षति पुग्यो : दाहालको आरोप
pic : Wikimedia

काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि धरातलविहीन कुरा गरेर देशलाई हानि पुर्‍याएको आरोप लगाएका छन्। बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको वक्तव्यलाई ‘हावादारी गफ’ को संज्ञा दिए।

दाहालका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालाको निर्माण कार्य उनी स्वयं अनुगमन गरिरहेका छन् र सदनमा प्रस्तुत गरेको विवरण सत्य तथ्यमा आधारित छ। “गफ त जस्तोसुकै दिन सकिन्छ, तर वास्तविकता जनताले बुझ्छन्,” उनले भने, “प्रधानमन्त्रीले तथ्य छोडेर हावादारी गफ मात्र गर्दै आउनु भएको छ, जसको असर देशमा परेको छ।”

यसअघि बुधबार संसदमा प्रधानमन्त्री ओलीले दाहाललाई रंगशाला निर्माण स्थल सँगै गएर हेर्ने चुनौती दिएका थिए। क्रिकेट रंगशाला विषयमा हाल दुवै नेताबीच सार्वजनिक रुपमा आरोप–प्रत्यारोपको क्रम जारी छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News