Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओलीको चेतावनी : "आर्थिक अनियमितता देखिए कडा कारबाही हुन्छ"

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओलीको चेतावनी : "आर्थिक अनियमितता देखिए कडा कारबाही हुन्छ"

७ श्रावण २०८२, बुधबार | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा रहेकाहरू कुनै पनि हालतमा कानुनी दायराबाट उन्मुक्ति नपाउने स्पष्ट पार्नुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उहाँले आफू भ्रष्टाचार नस्वीकार्ने अडानमा दृढ रहेको बताउनुभयो। "मैले भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न," प्रधानमन्त्री ओलीले भन्नुभयो।

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले उठाएको प्रश्नको उत्तर दिँदै ओलीले आर्थिक विकृति देखिएमा त्यसमा कानुन अनुसार तुरुन्तै कडाभन्दा कडा कारबाही हुने चेतावनी दिनुभयो।

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण केवल केन्द्रको जिम्मा नभई प्रदेश र स्थानीय तहले पनि उत्तिकै उत्तरदायित्व लिनुपर्ने धारणा राख्नुभयो। उहाँले थप्नुभयो, "कानुन सबैका लागि बराबर हो, त्यसको पालना नगर्ने कसैलाई छुट छैन।"

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा देखिएको अनियमितता विरुद्ध सरकार गम्भीर रहेको सन्देश प्रधानमन्त्रीको भनाइले दिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News